Breaking News.... EverestOnlineKhabar
June 19, 2026

ल हेर्नुहोस १०६९ रोबाटहरुको सामुहिक डान्स (भिडियो सहित )

Loading

एजेन्सी । चीनमा ‘डोबी’ नाम गरेका एक हजार ६९ आटा रोबोटहरुले एउटै गीतमा एकसाथ लयबद्ध रुपमा नाचेर विश्व कीर्तिमान कायम गरेका छन् ।

चीनको ग्वांगझाउस्थित ग्वांगडोंगमा आयोजित कार्यक्रममा ‘डब्लुएल इन्टेलिजेन्ट टेक्नोलोजि कम्पनि’ले निर्माण गरेको एक हजार ६९ ओटा रोबोटले एकसाथ नाचेर विश्व कीर्तिमान कायम गरेका हुन् ।

‘गिनिज बुक वर्ल्ड रेकर्ड’का अनुसार ‘सबैभन्दा धेरै रोबोटको एकसाथ नृत्य’ शीर्षकमा यसअघिको एक हजार सातओटा रोबोटको कीर्तिमानी भंग गर्दै डब्लुएल इन्टेलिजेन्टका रोबोटहरुले यो कीर्तिमानी कायम गरेका हुन् ।

सबै रोबोटहरुलाई कम्पनिले एकसाथ राखेर गीत बजाएको र उक्त गीतमा सबै रोबोटहरुले एकसाथ एउटै लयमा नृत्य गरेको गिनिज बुक वर्ल्ड रेकर्डले उल्लेख गरेको छ ।

नृत्यको क्रममा लडेका रोबटहरुको गणना नगरिएको गिरिज बुक अफ वल्र्डले जनाएको छ ।  सबै रोबट डब्लुएल इन्टेलिजेन्ट टेकले निर्माण गरेको हो । यी रोबोटहरुले नृत्यको साथसाथै मानिसहरुसँग दोहोरो कुराकानी र मानिसले गर्ने विभिन्न क्रियाकलापको नक्कलसमेत गर्न सक्ने कम्पनीको दावी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed