Breaking News.... EverestOnlineKhabar
June 19, 2026

बलात्कार आरोप लागेका भारतीय धार्मिक गुरू गुरमित रहिमलाई १० बर्ष जेल सजाय

Loading

बिबिसि । भारत हरियाणाको पञ्चकुलास्थित एक अदालतले बलात्कार मुद्दामा दोषी ठहर धार्मिक गुरु गुरमित राम रहिमलाइ १० बर्षको जेल सजाय सुनाएको छ ।

१५ बर्षअघिको मुद्दामा केन्द्रीय जाँच व्युरोको विशेष अदालतले गत शुक्रबार राम रहिमलाई दोषी ठहर गरेको थियो । अदालतले सोमबार १० बर्ष श्रमसहितको जेल सजाय सुनाएको हो ।

सजाय सुनाउनुअघि पीडिततर्फका वकिलले रामरहिमलाई कडा सजाय सुनाउन माग गरेका थिए । डेरा सच्चा सौदाका प्रमुख राम रहिम गत शुक्रबार दोषी ठहर भएलगत्तै उनका समर्थकले हिंसा मच्चाएका थिए । हिांसमा ३१ ज्नाको ज्यान गएको थियो । उनका समर्थकले हरियाणाका बिभिन्न स्थानमा हिशांत्मक प्रदर्शन गरेका थिए ।

अदालतको फैसलापछि पुनः हिंसा भड्कन सक्ने आशंकामा हरियाणा, पन्जाव र दिल्लीमा सुरक्षा व्यबस्था कडा पारिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed