Breaking News.... EverestOnlineKhabar
June 19, 2026

लिभरपुलले शानदार जित दर्ता गर्दा आर्सनल स्तब्ध….

Loading

एजेन्सी,१२ भदौ ।
इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले आर्सनलमाथि प्रभावशाली जित दर्ता गरेको छ । लिग अन्तर्गत आइतबार राति भएको खेलमा घरेलु टोली लिभरपुलले उत्कृष्ट आक्रामक खेल प्रस्तुत गर्दै आर्सेन वेङ्गरको टिम आर्सनललाई स्तब्ध पारेको हो ।
निकै कमजोर देखिएको आर्सनल लिभरपुलसँग ४–० ले पराजित भयो । लिभरपुललाई जिताउन रोबर्टो फिरमिनो, साडिओ माने, मोहम्मद सालह र ड्यानिएल स्टुरेजले गोल गरे । फिरमिनोले १७ तथा मानेले ४० औं मिनेटमा गोल गरेपछि पहिलो हाफमा लिभरपुलले २–० को अग्रता लियो । दोस्रो हाफमा पनि आर्सनलले थप दुई गोल खायो । ५७ औं मिनेटमा सालह तथा ७७ औं मिनेटमा स्टुरेजले गोल गर्दै लिभरपुलको ४–० को जित पक्का गरे ।
आर्सनलले खेलमा फर्किने केही प्रयास गरेको थियो । तर त्यो सार्थक हुन सकेन । लिगका तीन खेलमा आर्सनलले दुई खेल गुमाएको छ । तीन खेलमा दोस्रो जित दर्ता गरेको लिभरपुलको सात अंक भएको छ भने आर्सनलको मात्रै तीन अंक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed