Breaking News.... EverestOnlineKhabar
June 19, 2026

साफ यू १५ च्याम्पियनसिप जित्ने नेपालको सपना चकनाचुर, भारतसंग २–१ ले पराजित

Loading

काठमाडौं । साफ यू १५ च्याम्पियनसिपको उपाधि जित्ने नेपालको सपना चकनाचुर भएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा आज भएको फाइनलमा नेपाल भारतसंग २–१ ले पराजित भएको हो ।

पहिलो हाफमा १–० ले अगाडि रहेको नेपालले दोस्रो हाफमा राम्रो प्रदर्शन गर्न सकेन । दोस्रो हाफको ५९ औं मिनेटमा भारतले गोल गरी बराबरी बनाएको थियो । भारतले गोल फर्काउँदै १–१ को बराबरीमा ल्याएको थियो । खेलको ७५ औं मिनेटमा भारतका विक्रम प्रताप सिंहले गोल गरेपछि भारतले २–१ ले अग्रता लिएको थियो । यसअघि, ब्रिजेस चौधरीले पेनाल्टीमार्फत गोल गर्दै नेपाललाई ४१औँ मिनेटमा अग्रता दिलाएका थिए ।

यसअघि, समूह चरणको खेलमा भने नेपाल भारतसँग २–१ ले पराजित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed