Breaking News.... EverestOnlineKhabar
June 19, 2026

मध्य तथा सुदूरपश्चिमा गौरा प्रारम्भ, ठाउँठाउँमा डेउडाको रौनक

Loading

कैलाली । मध्य तथा सुदुरपश्चिममा आजबाट गौराको रौनक सुरु भएको छ । बिरुडा पञ्चमीबाट सुरु हुने गौरा भदौ १३ गते अष्टमीका दिन विधिवत रुपमा समापन हुनेछ । गौरा सुरु भएपछि सुदूरपश्चिममा विशेष रौनक छाएको छ ।

बिबाहित महिलाले निराहर वसि गौरा पर्वमा भगवान् शिव र पार्वतीको गौरा घर र मन्दिरमा गई पूजा गर्ने गर्दछन् । शिव र पार्वतीको पूजामा अक्षताका रुपमा प्रयोग हुने विरुडा भिजाएर राखिएको पाँच थरिका गेडा गुडीको ठूलो महत्व रहने गरेको छ ।

खासगरी सुदुरपश्चिमका मुख्य बजार तथा ग्रामिण क्षेत्रहरुमा देउडा प्रतियोगिता भईरहेका छन् । सुदूरपश्मिांञ्चलको प्रमुख पर्व गौराकोे रौनकता बढेपछी देउडा गीतका गितारुहरु पनि व्यस्त बनेका छन् । सबै उमेरमा समूहका मानिसहरु देउडा, चैत, धमारी खेल खेल्न भ्याई नभ्याइ भएको छ ।

गौरा पर्वमा पूराना धार्मिक क्रियाकलाप र देविदेवताका लिला सम्वन्धी गतिविधि पनि प्रस्तुत गर्ने गरिन्छ । यो पर्वमा महिला पुरुष छुट्टा–छुट्टै रुपमा गोलबन्द भई खेल खेल्दा सहभागीहरुवीच दोहोरो प्रतिष्पर्धा हुने गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed