![]()
जिन्दगीमा उकालो आउँछ, ओरालो आउँछ
पर्खी छोरा, तेरो पनि एकदिन पालो आउँछ
उसलाई हेर्दा मात्रै पनि हुरीबतास चल्यो यहाँ
छोएँ भने पक्कै आगो बल्छ भुइँचालो आउँछ
यसरी राखेको छु क्रमशः खुसीहरू लाई मैले
प्रीयाको चुम्बन अघि आमाको अँगालो आउँछ
सुन्दा नरमाइलो लाग्छ, आज ऊ एक्लै छ रे
भन्थी कालो गए गोरो, गोरो गए कालो आउँछ
यो सोच्नुपर्छ निधारमा अवीर लगाउनु अगाडि
मेरो प्रगतिमा मेरा बाको खाली पैतालो आउँछ
विनोद विवश
जैमिनी–०१, बागलुङ


