![]()
काठमाडौं । काठमाडौंमा जारी नेकपा माओवादी केन्द्र निकट अखिल(क्रान्तिकारी ) को २१ औं राष्ट्रिय सम्मेलनमा नयाँ नेतृत्वका लागि आइतवार निर्वाचन हुने भएको छ ।
सम्मेलनको बन्दसत्रले बिधान प्रतिवेदन पारित गरेपछि निर्वाचनको बाटो खुलेको हो । विघटित कमिटीका अध्यक्ष नरेन्द्र नयौपानेद्वारा प्रस्तुत राजनीतिक तथा सांगठनिक प्रतिवेदन र विधान मस्यौदा प्रस्ताव सर्वसम्मतिले पारित गरेको थियो । तेस्रो दिनको बन्द सत्रमा विभिन्न २१ वटा समुहका टोली नेताले राखेका सुझाव र धारणाको जवाफ अध्यक्ष न्यौपानेले दिएपछि हलले सर्वसम्मतिले पारित गरेको थियो ।
क्रान्तिकारीको सम्मेलनमा नेतृत्वका लागि उमेरहदको चर्को वहस भएपनि अन्ततः तत्काल उमेरहद नलगाउने निर्णय भएको छ ।
बिधान प्रतिवेदन पारित भएसंगै निर्वाचन समितिले नेतृत्व चयन प्रकृया अघि वढाएको छ । शनिवार नै २०३४ सदस्य रहेको मतदाता नामावली प्रकाशित गरिएको छ । अब आइतबार निर्वाचन हुने भएको छ । नयाँ नेतृत्वका लागि रञ्जित तामाङ, आरसी अधिकारी, अनिल शर्मा र पञ्जा सिंहले दावी पेश गरेका छन ।
निर्वाचनबाट ३३ सदस्यीय पदाधिकारी र २४३ सदस्यीय केन्द्रीय समिति चयन हुनेछ ।


