![]()
काठमाडौं । नेपाल चलचित्र संघले आयोजना गर्न लागेको नेम्पा फिल्म अवार्डमा अभिनेत्रीतर्फ प्रियंका कार्की (छक्का पञ्जा), केकी अधिकारी (लभ सासा) र सृजना सुब्बा (डाइङ क्यान्डल) बीच प्रतिष्र्धा हुने भएको छ । संघले सार्वजनिक गरेको मनोनयन सूचीमा तीनै जना मनोनयनमा परेका छन ।
अभिनेतातर्फ सौगात मल्ल, दयाहाङ राई र विपिन कार्कीबीच प्रतिस्पर्धा हुने देखिएको छ । सौगात ‘लुकामारी’, दयाहाङ ‘वीरविक्रम’ र विपिन ‘जात्रा’ बाट मनोनयनमा परेका हुन् ।
सौगात अभिनेतासँगै सहअभिनेताका लागि ‘डाइङ क्यान्डल’ र खलपात्रका लागि ‘लुट २’ बाट पनि मनोनयनमा परेका छन् ।
नेम्पा अवार्ड अमेरिकाको टेक्सास राज्यस्थित डालासमा असोज १ हुन गैरहेको छ । गतवर्ष प्रदर्शनमा आएका मध्येबाट प्रतिस्पर्धामा आएका ४५ फिल्मको मूल्यांकनबाट उक्त मनोनयन सार्वजनिक गरिएको हो ।
अवार्डको उत्कृष्ट तीन फिल्ममा ‘जात्रा’, ‘छक्का पञ्जा’ र ‘पुरानो डुंगा’ परेका छन ।


