![]()
कैलाली । पूर्व प्रधानमन्त्री एवम नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण सफल भएको बताउनु भएको छ ।
प्रेस सेन्टरले शनिबार कैलालीको धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दाहालले भारतले नेपालमा स्थानीय तहको चुनाव सम्पन्न भई प्रदेश र केन्द्रको चुनाव गराउन सुरु भएको प्रक्रियालाई समर्थन गर्नु सकारात्मक भएको टिप्पणी गर्नुभयो ।
अध्यक्ष दाहालले प्रधानमन्त्री देउवाले पुराना सहमति कार्यान्वयन र केही हाम्रा अत्यावश्यक विषय बाहेक अन्य कुनै पनि विषयमा नपसेको कुरा सबैलाइ थाहै भएको समेत प्रष्ट पार्नुभयो । प्रधानमन्त्री देउवाले जे जति विषय उठान गर्नुभयो त्यो राष्ट्रका पक्षमा भएको उहाँले बताउनुभयो ।
राजपा पनि चुनावमा आएकाले संविधान कार्यान्वयनका लागि खुशीको विषय भएको उल्लेख गर्दै अध्यक्ष दाहालले सबैको सहभागितामा संविधान कार्यान्वयनको प्रक्रियालाई अगाडि बढाएर देशलाई राजनैतिक स्थिरता र आर्थिक समृद्धिमा लैजान अब सजिलो हुने धारणा राख्नुभयो ।
नेकपा माओवादी केन्द्रले २ नम्बर प्रदेशमा हुन लागेको चुनावमा संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर र त्यसमा पनि मधेश केन्द्रीत दलसँग तालमेल गर्ने जानकारी उहाँले दिनुभयो ।


