Breaking News.... EverestOnlineKhabar
June 19, 2026

Loading

एजेन्सी । कोरियाली कम्पनी सामसङले ग्यालेक्सी नोट एट सार्वजनिक गरेपछि संसारभर यसको चर्चा छाएको छ । प्रतिष्पर्धी एप्पलले ल्याउन लागेको नयाँ स्मार्टफोनलाई टक्कर दिनेगरि सामसङले यो नोट ल्याएपछि चर्चा चुलिएको हो । यसको फरक विशेषता, डिजाइन, हेर्नमा आकर्षक लगायतका कुराले पनि उपभोक्ताको यसतर्फ ध्यान तानिएको हो ।

कम्पनीका अनुसार ६ दशमलव तीन इन्चको यो फ्याब्लेटमा धेरै कुरा सुधार गरिएको छ । सामसङले कर्भी डिजाइनमा ल्याएको नोट एटमा एस पेन पाइने छ । यो वाटरप्रुफ छ । यसमा सुन्दर डिजाइनको डुअल लेन्स क्यामेरा छ । अक्टाकोर प्रोसेसरयुक्त यसमा बढाउन सकिने गरी ६४ जिबी मेमोरी छ । वायरलेस चार्ज सुविधा भएको यसलाई एकदमै फरक नोटका रूपमा हेरिएको छ ।

कम्पनीले स्मार्टफोन मोडल एस एटमा डुअल क्यामेरा राख्ने चर्चा भएपनि त्यसमा एउटा मात्र क्यामेरा राखिएको थियो । एप्पलले एक वर्षअघि नै आइफोनमा डुअल लेन्स क्यामेरा राखिसकेको छ । सामसङलाई डुअल लेन्स राख्नका लामो समय लागेको भन्ने समाचारले पनि नोट एटलाई चर्चामा ल्याइलिएको हो ।

ढिलै भएपनि सामसङले ल्याएको डुअल लेन्सले आइफोन सेभेन प्लसको भन्दा प्रभावकारी काम गर्ने कम्पनीको दाबी छ । नोट एटको पछाडि १२ मेगापिक्सेलको दुई क्यामेरा छन ्। जसमा अप्टिकल इमेज स्टेबलाइजेसन रहेको छ ।

क्यामेरामा वाइड एंगल र टेलिफोटो लेन्स पनि छ । यसले नोट एटबाट डिएसएलआर क्यामेरा जसरी जुम गर्न र फोटोमा डेप्थ अफ फिल्ड थप्ने अवसर दिन्छ । नोट एटले हरेक फोटोका दुई प्रति भण्डारण गर्ने अवसर दिन्छ । त्यसमध्ये एउटा सक्कली फोटो हुन्छ भने अर्कोमा इफेक्ट थपिएको हुन्छ ।

नोट एटमा रहेको डुअल क्याप्चर मोडका कारण पछाडि रहेका दुवै क्यामेराले एकै समयमा दुई तस्बिर लिन र सेभ गर्न सक्छ । यो विशेषता प्रयोग गरेर एउटा क्यामेराले क्लोजअप र अर्कोले वाइड सट लिन सकिन्छ ।

निकै भव्य समारोहकाबीच गत बुधवार नोट एट सार्वजनिक गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed