Breaking News.... EverestOnlineKhabar
June 19, 2026

पूर्व प्रधानमन्त्री खनालद्वारा काठमाडौं उपत्यकाको सरसफाइमा लाग्न सबैलाई आह्वान, खनालद्वारा चक्रपथ सरसफाइ कार्यक्रमको उद्घाटन

Loading

काठमाडौं । पूर्व प्रधानमन्त्री एवम नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले काठमाडौं उपत्यकालाइ स्वच्छ, सफा र हराभरा राख्नको लागि सबैलाई सरसफाइमा जुटन आह्वान गर्नुभएको छ ।

काठमाडौं महानगरपालिकाद्वारा संचालित रिङरोड चक्रपथ सरसफाई कार्यक्रमको शनिवार उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री खनालले सरसफाइको माध्यमबाट काठमाडौंलाई सुन्दर बिहानी जस्तै राम्रो र हाम्रो काठमाडौं बनाउनुपर्ने बताउनुभयो ।

वरिष्ठ नेता खनालले सरसफाइ अभियान कुनै पार्टी विशेषको नभइ सम्पूर्ण उपत्यकावासीको भएकाले कुनै आग्रह पूर्वाग्रह नराखी अभियानमा सहभागी हुन आग्रह गर्नुभयो । उहाँले अभियानका सम्पूर्ण अभियन्ता पवित्र उद्देश्यकासाथ अघि बढेको भन्दै उनीहरुको प्रशंसा समेत गर्नुभयो ।

नेता खनाल आफै पनि केहीबेर सरसफाइमा जुटनु् भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed