Breaking News.... EverestOnlineKhabar
June 19, 2026

प्रभावशाली नेताहरुले पार्टी परित्याग गरेपछि नयाँ शक्तिले यसरी गर्यो कार्यविभाजन

Loading

काठमाडौ,८ भदौ ।
रामचन्द्र झा, देवेन्द्र पौडेल लगायतका नेताहरू नयाँ शक्ति छाडेर माओवादी फर्किएपछि नयाँ शक्तिले तीन समिति गठन गरेर कार्यविभाजन गरेको छ। यसअघि नयाँ शक्तिको संघीय परिषद् बैठकले केन्द्रीय कार्यकारी समिति विघटन गरेको थियो। महाधिवेशन आयोजक समिति बनाएर संयोजकको जिम्मा डाक्टर बाबुराम भट्टराईलाई दिएको थियो। तर, नेताहरूले छाड्ने क्रम बढेपछि नयाँ शक्तिले महाधिवेशन आयोजक समिति मातहत रहने गरी केन्द्रीय कार्यकारी समिति, विज्ञ परिषद् र संरक्षक परिषद् रहने निर्णय गरेको हो।
त्यस्तै, नयाँ शक्तिले प्रदेशको इन्चार्ज र संयोजक टुङ्गो लगाएको छ। प्रदेश नं. १ को इन्चार्जमा परशुराम खापुङ र संयोजकमा राजेन्द्र किराँतीलाई जिम्मा दिएको छ। त्यस्तै, प्रदेश नं. २ मा अरविन्द साह इन्चार्ज र डा. सुरेन्द्र यादव संयोजक भएका छन्। प्रदेश नं. ३ हिसिला यामी इन्चार्ज र सोनामसिंह स्याङतान संयोजक, प्रदेश नं. ४ मा देवेन्द्र पराजुली र रुद्र गुरुङ, प्रदेश नं. ५ मा नवराज सुवेदी र दानबहादुर चौधरी, प्रदेश नं. ६ मा भक्तबहादुर शाह र शरुण वाठा मगर तथा प्रदेश नं. ७ भीमबहादुर कडायत र कृष्णकुमार चौधरी क्रमश इन्चार्ज र संयोजक बनेका छन्।
नयाँ शक्तिले केन्द्रीय कार्यालय व्यवस्थापन तथा अनुगमन विभागको जिम्मा भने गंगानारायण श्रेष्ठलाई दिएको छ।
श्रेष्ठ भट्टराई प्रधानमन्त्री भएका बेला स्वकीय सचिव थिए। त्यस्तै सूचना, सञ्चार, प्रचार तथा प्रकाशन विभागको संयोजकमा प्रशान्त सिंह र सह–संयोजकमा अरुणा रायमाझीलाई तोकेको छ। स्रोत परिचालन तथा व्यवस्थापन समितिमा नारायणराज पाण्डे संयोजक तोकिएका छन्। राजनीतिक–सामाजिक अभियान परिचालन समितिमा प्रेम तामाङ र प्रशिक्षण विभागमा डम्बर खतिवडाले संयोजकको जिम्मा पाएका छन्। नयाँ शक्तिले सात वटै प्रदेशमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
प्रदेश नं २ मा निर्वाचन परिचालनका लागि रामरिझन यादवलाई जिम्मा दिएको छ। संसदीय मामिला तथा सत्ता समन्वय विभागमा भने केशव दाहाललाई जिम्मा दिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed