Breaking News.... EverestOnlineKhabar
June 19, 2026

पशुपतिमा राति २ बजेदेखि ३ वटा लाइन, राष्ट्रपति बेलुका जाने

Loading

काठमाडौ,८ भदौ ।
तीजका अवसरमा बिहीबार राति ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लागेको छ । भक्तजन राति २ बजेदेखि नै लाममा बसेपछि नै ३ बजे पशुपतिका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । पशुपति मन्दिरभित्र प्रवेशका लागि तीनवटा लाइनको व्यवस्था गरिएको कोषका निर्देशक एवं मन्दिर तथा गुठी शाखा प्रमुख भोला सिटौलाले बताउनुभयो ।
पहिलो लाम बनकाली–पञ्चदेवल हुँदै दक्षिण ढोकाबाट, दोस्रो लाम जयवागेश्वरी–भुवनेश्वरी मन्दिर हुँदै पश्चिम मूलढोकाबाट र तेस्रो लाम गौरीघाट–उमाकुण्ड–रुद्रगाडेश्वर हुँदै उत्तरढोकाबाट मन्दिर प्रवेश गर्ने व्यवस्था गरिएको उहाँले बताउनुभयो ।
लाम व्यवस्थित गरिएकाले गौशाला–चाबहिल सडक खुला रहेको छ ।
बिहान ८ बजेसम्म झण्डै एकलाख ५० हजार दर्शनार्थीले मन्दिर दर्शन गरिसकेका छन् । बिहीबार पशुपतिमा विशेष पूजाको कार्यक्रम राखिएको छैन । पशुपति प्रवेशमा कुनै पनि पासको पनि व्यवस्था नगरिएको निर्देशक सिटौलाले बताउनुभयो । यस्तै राष्ट्रपति विद्यादेवी भण्डारीले बेलुका ६ बजे पशुपतिनाथको दर्शन गर्ने कार्यक्रम रहेको कोषले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed