Breaking News.... EverestOnlineKhabar
June 19, 2026

देउवा दिल्ली पुगेपछि कांग्रेसको निर्णय सार्वजनिक, निधि भए कार्यवाहक सभापति

Loading

काठमाडौं । प्रधानमन्त्री एवम कांग्रेस सभापति शेरबहादुर देउवा नयाँ दिल्ली पुगेपछि मात्रै उनले गरेको पार्टी निर्णय सार्वजनिक गरिएको छ । प्रधानमन्त्री देउवा नयाँ दिल्ली अवतरण गरेपछि पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिज्ञप्ती जारी गरी कार्यवाहक सभापति बिमलेन्द्र निधि भएको सार्वजनिक गरेका हुन । निधिलाइ कार्यवाहक दिएपछि अब उनैलाइ उपसभापति पदमा मनोनयन गरिने चर्चा समेत सुरु भएको छ ।

आज विहान बालुवाटारमा बसेको कार्य सम्पादन समितिको बैठकबाट सभापति देउवाले निधिलाई कार्यवाहक सभापति तोकेका थिए । नेपाली कांग्रेसको विधान अनुसार उपसभापतिले कार्यवाहक पाउने व्यवस्था छ ।

पाँच केन्द्रीय सदस्य मनोनित
देउवाले भारत जानु अघि पाँच जना केन्द्रीय सदस्य पनि मनोनित गरेका छन । केन्द्रीय सदस्यमा हरि नेपाल, राधेचन्द्र यादव, ध्यानगोविन्द रञ्जित र अमृत अर्याल रहेका छन ।

अनुशासन समिति गठन
सभापति देउवाले अनुशासन समिति समेत गठन गरेका छन् । अनुशासन समितिको संयोजक केन्द्रीय सदस्य रमेश रिजाल भएका छन् । त्यस्तै अनुशासन समितिमा केन्द्रीय सदस्यहरु हृदयराम थानी, कमला पन्त, सुरेन्द्र पाण्डे र उमाकान्त चौधरी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed