Breaking News.... EverestOnlineKhabar
June 19, 2026

राजपा लाज जोगाउने उपाय खोज्दै, चुनाव सम्बन्धी निर्णय गर्ने जिम्मा अध्यक्ष मण्डललाई

Loading

काठमाडौं । पास फेल जे भएपनि संविधान संशोधन बिधेयक व्यवस्थापिका संसदमा निर्णयार्थ पेश गर्न दबाब दिएको राजपा नेपाल फेरि अलमलमा पर्न थालेको छ । संसदमा बिधेयक पास फेल जे भएपनि निर्णय मान्ने र सोही अनुसार निर्वाचनमा सहभागी हुने निर्णय गरेको राजपा पुनः निर्वाचनमा सहभागी हुने वा नहुने बहस थालेको छ ।

काठमाडौंमा बुधवार बसेको पदाधिकारी बैठकले यस सम्बन्धी निर्णय गर्ने जिम्मा अध्यक्ष मण्डललाई दिएको छ । यद्यपी पदाधिकारी र केन्द्रीय समिति बैठकले यसअघि नै तेस्रो चरणको स्थानीय तह निर्वाचनमा सहभागी हुने निर्णय गरिसकेको थियो ।

संविधान संशोधन बिधेयक पारित हुन नसकेपछि आफूहरुको नैतिक पराजय भएकाले चुनावमा जान नसकिने आवाज पार्टीमा पुनः उठेपछि राजपा समस्यामा परेको हो । केही नेताहरुले भने यसैलाइ राजनीतिक मुद्दा बनाएर चुनावमा जानुपर्ने तर्क राखेका छन ।

चुनावप्रति पूरै नकारात्मक रहेको राजपा पछिल्लो समय भारतीय बिदेशमन्त्री शुष्मा स्वराजसंगको भेटपछि लचक भएको थियो । शुष्मा बिमिष्टेक सम्मेलनमा सहभागी हुन नेपाल आएकाबेला राजपा नेताहरुले भेट गरेका थिए ।

चुनावमा भाग लिने वा नलिनेबारे अध्यक्ष मण्डलले भोलिसम्म निर्णय लिने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed