Breaking News.... EverestOnlineKhabar
June 19, 2026

त्रिभुवन बिमानस्थलदेखि ईन्दिरा बिमानस्थलसम्म देउवा सहज

Loading

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा पाँच दिने भारत भ्रमणमा जाने भएपछि बिहानैदेखि त्रिभुवन बिमानस्थलमा विशेष चहलपहल थियो । आवश्यक सरसफाइ, भिभिआइपी कक्षको व्यवस्थापन, पत्रकारहरुको बस्ने स्थान, सुरक्षा लगायत सबै व्यवस्था चुस्त पारिएको थियो ।

प्रधानमन्त्रीको उडान समय १०ः३० रहेको थियो । प्रधानमन्त्री ठीक १० बजे बिमानस्थल पुगेका थिए । त्यसअघि नै भ्रमण टोलीका अन्य सदस्य बिमानस्थल पुगिसकेका थिए । चार–चार पटक प्रधानमन्त्री भैसकेका देउवाका लागि भारत भ्रमण कुनै नौलो थिएन । उनलाइ बिमानस्थलमा पुर्याउनु पर्ने औपचारिकताका विषयमा पनि पूरै ज्ञान थियो । तैपनि, प्रधानमन्त्री देउवालाइ उनकी पत्नी डा. आरजु राणाले बेलाबेलामा सहयोग गरिरहेकी थिइन ।

प्रधानमन्त्री देउवाको उत्साह अनुहारमा पनि प्रकट थियो । देउवा साह्ै खुशी देखिन्थे । साथै भ्रमण टोलीका सदस्य उपप्रधान तथा परराष्ट्र मन्त्री कृष्णबहादुर महरा, अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि प्रफुल्ल देखिन्थे ।

प्रधानमन्त्रीको बिदाइ गर्न गएका उपप्रधान तथा स्थानीय विकास मन्त्री विजय गच्छदार, उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठ, सभामुख ओनसरी घर्ती पनि हर्षित देखिन्थे । सभामुख घर्ती त झन प्रधानमन्त्री देउवासंगै हात हल्लाइरहेकी थिइन ।

प्रधानमन्त्री देउवा त्रिभुवन बिमानस्थलमा मात्र नभइ भारतको इन्दिरा बिमानस्थलमा पनि सहज देखिएका थिए । बिदेशमन्त्री शुष्मा स्वराजले स्वागत गर्दाको बखत पनि उनको बडी ल्याङग्वेज र गतिविधिमा कुनै अस्वभाविकपन  देखिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed