Breaking News.... EverestOnlineKhabar
May 11, 2026

चन्दा देवानको ‘रम्दैछ अलि अलि’ ले बजार तताउँदै

Loading

काठमाडौं । गायिका चन्दा देवानको स्वर रहेको गीत ‘रम्दैछ अलि अलि’ को म्युजिक भिडियो सार्वजनिक भएपछि यसले एक्कासी बजार तताएको छ । शब्द, संगित र स्वरसंगै छायाङ्कन पनि उत्कृष्ट भएपछि छोटो समयमै यो गीत दर्शकको मन जित्न सफल भएको छ ।

गीतमा अहिलेकी चर्चित नायिका एवं मोडल एलिसा राईले अभिनय गरेकी छिन् । एलिसाको फ्ल्यासब्याकमा बालकलाकार युमी बरालले भूमिका निर्वाह गरेकी छन् । धेरैजसो श्रोता एवम दर्शकले गीतलाइ मन नै तरंगित पार्ने खालको भनी प्रतिक्रिया दिएका छन ।

गीतको दृश्यांकन राजधानी नजिकै रहेको मनोरम स्थल नगरकोटमा गरिएको हो ।

यो भिडियोमा एउटी छोरीले आमासामु अभिव्यक्त गरेका भावनालाई नृत्यको माध्यमबाट सजीव ढंगले प्रस्तुत गरिएको छ । उमेरसंगै छोरीमा आएका चाहना र रहरहरूलाई यो गीतले समेटेको छ ।

‘रम्दैछ दबेको मन, खुल्दैछ लुकेको मन’ शीर्ष शब्दबाट सुरु भएको गीतमा खुलेर नाच्ने मन भएको, हातमा चुरा, शिरमा शिरबन्दी र खुट्टामा पाउजु लगाउने चाहना छोरीले राखेकी छन् । यस्तै १६ वर्षे बैंसमा चरी जस्तै उडी जाने रहर पलाएको छ छोरीमा । चंचल मनसीत कल्पनाका पखेटा फिंजाएर जतासुकै पुग्न खोज्ने छोरीका भावनाहरू गीत सुरु भएदेखि अन्त्य हुँदासम्म छताछुल्ल महसुस गर्न सकिन्छ ।
गीत चेतन बाराकोटीले लेखेका छन् भने सचिन सिंहको संगीत मेलोडियस छ । गीतको भिडियो–निर्देशन युवा संचारकर्मी विदुर खतिवडाले गरेका हुन् ।

गीतमा सुदीप बरालको छायांकन र राजीव समरको कोरियोग्राफी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.