Breaking News.... EverestOnlineKhabar
August 14, 2026

पार्टी ह्वीप नमान्ने १८ सांसदलाई कारवाही गर्ने राप्रपाको निर्णय, सर्वोच्चको फैसलाबिरुद्ध कानूनी उपचार खोज्ने

Loading

काठमाडौं । कमल थापा नेतृत्वको राप्रपाले पार्टी हृविप उल्लंघन गर्ने १८ सांसदलाई कारबाही गर्ने निर्णय गरेको छ । संसदीय दलको कार्यालय सिंहदरवारमा बसेको पदाधिकारी तथा सांसदहरुको संयुक्त बैठकले संसदमा अनुपस्थित रही संविधान संशोधन बिधेयकको बिपक्षमा मत नहालेको भन्दै कारवाही गर्ने निर्णय गरेको हो । कस्तो कारवाही गर्ने भन्ने केही खुलाइएको छैन ।

संसद बैठकमा राप्रपाका सांसद दीपक बोहोरा, विक्रम पाण्डे, सुनिल थापा, बिराज बिष्ट, रेशम लामा, विक्रम थापा, सइन्द्र बान्तवा, कमला शर्मा, भानु महरा, रामकुमार सुब्बा, बबिना मोक्तान, सीता लुईटेल, राज्यलक्ष्मी श्रेष्ठ, लक्ष्मी थापा पासवान, सरोज शर्मा, आनन्दी पन्त, इस्तियाक अहमद खान र गीता सिंह अनुपस्थित भएका थिए । उनीहरु राप्रपाबाट अलग भएर राप्रपा प्रजातान्त्रिक गठन गरेका नेता पशुपतिशम्शेर जबराको पक्षमा छन् ।

राप्रपाले सर्वोच्च अदालतको आदेशविरुद्ध पनि कानुनी उपचार खोज्ने निर्णय गरेको छ । सर्वोच्चले पशुपतिशम्शेर राणाले निर्वाचन आयोगमा पुनः केन्द्रीय सदस्यहरुको नाम सनाखत गर्न नपर्ने फैसलासहित पार्टी गठन र निर्वाचन चिन्ह प्रदान गर्न आयोगका नाममा अन्तरिम आदेश जारी गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed