![]()
कैलाली,६ भदौ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कन्चनपुर कार्यालयको टोलीले अत्तरीयाबाट २ जना कर्मचारीलाई घुससहित पक्राउ गरेको छ । राजश्व अनुसन्धान कार्यालय अत्तरियामा कार्यरत नायब सुब्बा राजेन्द्र साउँद र कार्यालय सहयोगी टिकाराम जोशीलाई सेवाग्राहीबाट ४५ हजार रुपैयाँ लिदै गर्दा रंगेहात पक्राउ गरिएको हो ।


