Breaking News.... EverestOnlineKhabar
May 11, 2026

संसदमा निधिले फायर खोले, ‘संविधान संशोधनको बाधक एमाले ’

Loading

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम पूर्व गृहमन्त्री विमलेन्द्र निधिले संविधान संशोधनको बाधक प्रमुख प्रतिपक्षी नेकपा एमाले भएको आरोप लगाउनु भएको छ ।

व्यवस्थापिका संसद्को बैठकमा बोल्दै नेता निधिले एमालेले मधेशी जनतालाइ अधिकार नदिने मनशायबाट संविधान संशोधन हुन नदिने षडयन्त्र गरिरहेको बताउनुभयो । एमालेले सधैं संशोधन प्रस्तावको बिरोध गरेपनि अन्ततः बिधेयक संसदमा प्रवेश भएको उहाँले बताउनुभयो ।

नेता निधिले संशोधन प्रस्तावमा समेटिएका भाषा, नागरिकता, सिमाङकनका विषय धेरै महत्वपुर्ण भएकाले समर्थन गर्न एमाले र राप्रपालाई आग्रह गर्नुभयो ।

तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाको भनाइ स्मरण गर्दै नेता निधिले संविधान जारी गर्दाका अवस्थामा असन्तुष्ट पक्षलाई मान्य हुने गरी संशोधन गरिनेछ भन्नेमा कांग्रेस अडिग रहेको बताउनुभयो । एमालेले संविधानलाई गतिशिल दस्तावेज भने पनि संशोधन गर्ने कुरामा बाधक बनेको टिप्पणी गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.