Breaking News.... EverestOnlineKhabar
May 12, 2026

पहिलो खेलमै स्टार स्ट्राइकर ग्रिजम्यानलाई रेड कार्ड….?

Loading

एजेन्सी,४ भदौ ।
स्पेनिस ला लिगा फुटबलको नयाँ सिजनको पहिलो खेल नै एथ्लेटिको मड्रिडका स्ट्राइकर एन्टोनी ग्रिजम्यानले रेड कार्डको सामना गरेका छन् । लिग अन्तर्गत शनिबार राति भएको आफ्नो पहिलो खेलमा एथ्लेटिको मड्रिड यहि सिजन बढुवा भएको गिरोनासँग २–२ को बराबरीमा रोकियो भने स्ट्राइकर ग्रिजम्यानले रातो कार्ड खाँदै मैदानबाट बाहिरिनु पर्‍यो ।
२२ र २५ औं मिनेट गरी तीन मिनेटको अन्तरमा क्रिष्टियन स्टुआनीले गिरोनाका लागि गोल गरेपछि पहिलो हाफमा एथ्लेटिको मड्रिड २–० ले पछि पर्‍यो । ६७ औं मिनेटमा डाइभिङ गरेका कारण ग्रिजम्यानले पहिलो पहेँलो कार्ड पाए । त्यसमा विवाद गर्दा उनले दोस्रो पहेँलो कार्ड पाएर मैदान छोड्न पर्‍यो । १० खेलाडीमा सीमित भएको एथ्लेटिको मड्रिडले त्यसपछि दुई गोल गरेर खेल बराबरीमा टुंग्यायो ।

एथ्लेटिकोका लागि ७३ औं मिनेटमा एन्जल कोरिया र ८५ औं मिनेटमा होजे मारिया जिमेनेजले गोल गरे । लिग अन्तर्गत राति नै भएका खेलमा रियल सोसिडाडले सेल्टा डि भिगोलाई ३–२ ले हरायो । सेभिल्ला र इस्पानियोलले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.