Breaking News.... EverestOnlineKhabar
May 12, 2026

पत्रकार महासंघको २५ औं महाधिवेशन आजवाट

Loading

काठमाडौ,४ भदौ ।
नेपाल पत्रकार महासंघको २५ औं महाधिवेशनको आज काठमाडौंको प्रज्ञा भवनमा उद्घाटन हुँदैछ । ‘व्यावसायिक पत्रकारिताको आधारः प्रेस स्वतन्त्रता र श्रम अधिकार’ भन्ने मूल सन्देशका साथ काठमाडौँमा हुने महाधिवेशनको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्दैछन् । ८ बजेदेखि सहभागीको नाम दर्ता र खानाको कुपन, आइडी कार्ड, पुस्तक तथा स्वास्थ्य सामग्रीसहितको ब्याग वितरण भईरहेको छ । दर्ता शुल्क प्रति सभासद रु एक हजार तिरेर शाखा अध्यक्षले कलेक्सन गरेर वितरण व्यवस्था मिलाउन सक्ने बताइएको छ ।
महाधिवेशनमा देश विदेशबाट गरी एक हजार पाँच सय १८ जना प्रतिनिधिले सहभागिता जनाउँदै छन् । निर्वाचन समितिले सार्वजनिक गरेको मतदाता सूची अनुसार महाधिवेशनमा स्वदेशबाट एक हजार ५०८ र प्रवासबाट ८ जना मतदाता सहभागि हुने छन् । नयाँ नेतृत्वका लागि हरेक तीन÷तीन वर्षमा हुने महाधिवेशनले ४५ सदस्यीय नयाँ कार्यसमितिसमेत चुन्ने छ ।
महाधिवेशनबाट अध्यक्ष, उपाध्यक्ष–२ महासचिव–१, सचिव–६ र कोषाध्यक्षसहित ४५ सदस्यीय नयाँ कार्यसमिति चयन हुनेछ ।
महासंघको नयाँ नेतृत्वका लागि उम्मेदवार बन्न चाहनेले आज दिउँसो १२ देखि अपराह्न ३ बजेसम्म आफ्नो उम्मेदवारी दर्ता गर्नुपर्ने निर्वाचन समितिले जनाएको छ । उम्मेदवार उपरको दाबी विरोध तथा उम्मेदवारी फिर्ता लिनेका लागि पौने ४ बजेदेखि १ घन्टाको समय छुट्याइएको छ ।
उम्मेदवारको अन्तिम नामावली बेलुकी ५ बजे प्रकाशित गरिने निर्वाचन समितिले जनाएको छ । महासंघको नयाँ नेतृत्वका लागि सोमबार बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको छ । मतगणना मतदान सकिएलगत्तै गरिने छ । नेपाल पत्रकार महासंघको महाधिवेशनमा यसपटक कांग्रेसनिकट प्रेस युनियन र माओवादी केन्द्रनिकट प्रेस सेन्टरबीच तालमेल भएको छ । यो गठबन्धनबाट सभापतिमा गोविन्द आचार्यले उम्मेदवारी दिएका छन् । एमालेनिकट प्रेस चौतारीले तीर्थ कोइरालालाई उम्मेदवार बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.