Breaking News.... EverestOnlineKhabar
May 12, 2026

स्थानीय जनप्रतिनिधिप्रति स्थानीय जनताको असन्तुष्टि सुरुः‘अपेक्षा गरेअनुसार काम गरेनन्’

Loading

काठमाडौ,४ भदौ ।
स्थानीय तहको निर्वाचन भएको तीन महिना बित्न लाग्यो । स्थानीयवासी अपेक्षा गरेअनुसार जनप्रतिनिधिले काम नगरेको गुनासो गर्छन् । यस्तो गुनासो गर्ने मध्ये हुन् काठमाडौं महानगरपालिका वडा नं २३ झोछेवासी । वसन्तपुरको नौतले दरबारबाट दक्षिणतिर पर्छ झोछे । झोछेवासीले महानगरले राखेको टिकट काउन्टर हटाउन माग गरेको बर्षौ भयो । समस्या सानो भए पनि यही समस्या समाधान नगरिदिएको स्थानीयवासी गणपतिलाल श्रेष्ठ बताउँछन् । सुन्दा सानो काउन्टर भए पनि यही कारण झोछेको पर्यटन व्यवसाय चौपट भएको उनी बताउँछन् ।
पहिला वसन्तपुर क्षेत्र घुमेको पर्यटकलाई पैसा लाग्दैनथ्यो । २०५८ सालदेखि हनुमानढोका क्षेत्र आयोजना लागू गर्‍यो । आयोजनाले पर्यटकसँग शुल्क उठाउन ६ वटा काउन्टर बनायो । झोछे झिर्न पर्यटकलाई शुल्क नलाग्ने जनप्रतिनिधिसँग समहमति भएको थियो । पैसा नलाग्ने भयो तर झोछे छिर्ने मुखैमा २ नम्बर काउन्टर राखियो । त्यही कारण झोछेतिर पर्यटक सोझिन छाडे ।
यति काउन्टर सारिदिए झोछे फेरि व्युझन्थ्यो भन्ने उनीहरूको आशा छ । यही मुद्दा उनीहरूले स्थानीय निकाय जनप्रतिनिधिविहीन हुँदादेखि नै उठाएका हुन् । हिप्पीले कुनै बेला गन्तव्य बनाएको यो ठाउँ पर्यटककै कारण चर्चामा आयो । माथि गयो । फ्रिक स्ट्रीटकोको नामले विश्वभर चिनियो ।
माओवादी, कांग्रेस, एमालेलगायतका दलले चुनावको एजेन्डा यही काउन्टर सार्ने बनाएका थिए ।
कर्मचारीको पालामा सिर्जना भएका समस्या जनप्रतिनिधिले सल्टाउने भन्ने आस गरेको तर भने जस्तो नभएको उनी बताउँछन् । महानगरले हनुमानढोका दरबार क्षेत्रको अघिल्लो भागमा व्यावसायिक भवन बनाउन अनुमति दियो । हनुमानढोका दरबारको संरक्षित क्षेत्रको ‘पोपर्टी जोन’ जोनमा महर्जन विजनेस एसोसिएसन प्रालिको नाममा रहेको काठमाडौं महानगरपालिका वडा नं २४ को कित्ता नं ९४२ मा यसरी भवन बनेको हो । यो भवनमा पहिला क्रिष्टल होटल थियो । भुइँचालोले भत्काएपछि यहाँ व्यावसायिक कम्पलेक्स बनाउन लागिएको हो ।
साभारःकान्तिपुर दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.