Breaking News.... EverestOnlineKhabar
May 11, 2026

दूधको मूल्य ह्वात्तै बढ्यो, अब प्रति लिटर दूधको मूल्य ७० रूपैयाँ

Loading

काठमाडौं । दुग्ध विकास बोर्डले बिहीबारबाट दूधको मूल्य प्रति लिटर ६ रुपैयाँ बढाएको छ । मूल्य बढेसंगै दुग्ध विकास संस्थान र निजी डेरीको दूधको मूल्य प्रतिलिटर अब ७० रुपैयाँ भएको छ । यसअघि दूधको मूल्य प्रतिलिटर ६४ रुपैयाँ थियो ।

बोर्डका अनुसार बढेको मूल्यमा किसानले एक लिटरमा ४ रुपैयाँ १४ पैसा पाउनेछन् । दूध बिक्री गर्ने बुथम्यानले एक लिटरमा एक रुपैयाँ थप पाउनेछन् भने दूध प्रशोधन गर्ने उद्योगले लिटरमा ८६ पैसा मात्रै पाउनेछन् ।

सरकारले तीन वर्षपछि दूधको मूल्य बढाउन स्वीकृति दिएको हो । यसअघि २०७१ सालमा दूधको मूल्य प्रतिलिटर आठ रुपैयाँ बढेको थियो ।
दूधको मूल्य बढेपछि दूधबाट बन्ने अरु परिकारको मूल्य पनि स्वतः बढ्नेछ ।

एक/दुई दिनभित्रै दूध बाहेक घिउ, दही, पनिर लगायतका वस्तुको मूल्य समेत बढ्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.