![]()
काठमाडौं । मुलुकभर बाढी, पहिरो र डुबानका कारण बिरामी भएकाहरुको उपचारमा रगतको अभाव नहोस भनेर नेबिसंघले राजधानीमा रक्तदान दान गरेको छ ।
संघले काठमाडौंको भृकुटिमण्डपमा आयोजना गरेको रक्तदानमा दुइ सय भन्दा बढीले रक्तदान गरेको कार्यवाहक अध्यक्ष संजय यादवले जानकारी दिनुभयो ।
रक्तदान गर्नेमा कार्यवाहक अध्यक्ष यादवसहित चर्चित बिद्यार्थी नेता सागर भट्टराई, तरुण दलका अध्यक्ष जीतजंग बस्नेत, कांग्रेस महासमिति सदस्य बिजुला शर्मा, नेबिसंघका उपाध्यक्ष सागर परियार र उर्मिला थपलिया समेत हुनुहुन्छ । नेबिसंघ र तरुण दलका पूर्व पदाधिकारी र सर्वसाधारणले पनि रगत दान गरेको कार्यवाहक अध्यक्ष यादवले जानकारी दिनुभयो ।
संकलित रगत नेपाल रेडक्रस सोसाइटीमार्फत बाढी प्रभावित जिल्लामा उपचारका लागि पठाइने छ । संघले आजैबाट बाढी तथा डुबान प्रभावित जिल्लामा बिभिन्न समूह गठन गरी राहत सामग्री पनि पठाउन सुरु गरेको छ ।






