Breaking News.... EverestOnlineKhabar
May 11, 2026

मंसिर १४ बाट ए डिभिजन लिग फुटबल प्रतियोगिता

Loading

काठमाडौं । ए डिभिजन लिग फुटबल प्रतियोगिता मंसिर १४ गतेबाट सुरु हुने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बसेको कार्य समिति बैठकले यो निर्णय गरेको हो ।

एन्फाले २ बर्षदेखि स्थगित ए डिभिजन लिगको मिति टुङ्गो लगाएको हो । प्रतियोगितामा १२ ए डिभिजन क्लबले सहभागिता जनाउने छन । लिगको समयावधी कम्तीमा ६ महिनाको हुनेछ ।

कार्यसमिति बैठकले एएफसी एसियन क्लब च्याम्पियनसिप खेल्नबाट बञ्चित भएको थ्रीस्टार क्लबलाई क्षतिपुर्ती दिने निर्णय समेत गरेको छ । थ्रीस्टार प्रकरणमा दोषीमाथी कारबाही गर्न प्राप्त प्रतिवेदनको अध्ययन गर्न र क्लबलाई दिने क्षतिपुर्तीको प्राविधिक बिषय मिलाउन वरिष्ठ उपाध्यक्ष मणि कुँवरको नेतृत्वमा ३ सदस्यीय समिति समेत गठन गरिएको छ ।

समितिले दश दिन भित्र प्रतिवेदनको अध्ययन गरेर अध्यक्ष नरेन्द्र श्रेष्ठलाई सुझाव दिनेछ । त्यस्तै बैठकले एन्फाको नयाँ नेतृत्वका लागि जनवरी ७ मा निर्वाचनको गर्ने निर्णय समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.