Breaking News.... EverestOnlineKhabar
May 11, 2026

प्रधानमन्त्री देउवा र चिनियाँ उपप्रधानमन्त्रीबीच भेटवार्ता, एकसाथ हिंडन प्रतिबद्ध

Loading

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र चिनियाँ उपप्रधानमन्त्री वाङ याङबीच भेटवार्ता भएको छ । भेटमा चिनियाँ उपप्रधानमन्त्री वाङले राष्ट्रपति सि जिनपिङको सन्देश सुनाउँदै चीन नेपाललाइ पनि आफैसंगै लिएर अघि बढन तयार रहेको बताएका छन । वाङले चीन नेपालको राजनीतिक स्थायित्व र विकासको पक्षमा उभिएको बताउँदै सधैं सहयोग जारी राख्ने बताए ।

उपप्रधानमन्त्री वाङले चिनियाँ राष्ट्रपतिले छिट्टै नेपाल भ्रमण गर्ने जानकारी समेत दिएका थिए । उनले प्रधानमन्त्री देउवालाई राष्ट्रपति सि र प्रधानमन्त्री लि खछ्याङको तर्फबाट चीन भ्रमणको निमन्त्रणा समेत दिए ।

छलफलमा नेपालको पछिल्लो राजनीतिक अवस्था, आगामी निर्वाचन लगायतका विषयमा पनि छलफल भएको थियो । यस्तै, चीनसंग भएका सम्झौता कार्यावन्यनको विषयमा पनि स्पष्ट रुपमा छलफल भएको थियो । चिनियाँ पक्षले सडक र रेल सञ्जालमा जोड दिएका थिए ।

जवाफमा प्रधानमन्त्री देउवाले राष्ट्रपति सि जिनपिङको सन्देश र भ्रमणको निमन्त्रणका लागि धन्यवाद दिंदै चीनको सहयोग र सद्भाव सधैं आवश्यकपर्ने बताएका थिए ।

वाङले प्रधानमन्त्री देउवासंगको भेटपछि राष्ट्रपति बिद्या भण्डारीसंग भेटवार्ता गरेका थिए । वाङ विहीबार विहान स्वदेश फर्कदैछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.