![]()
काठमाडौं । प्रमुख तीन दल मंसिर भित्र प्रदेशसभा र केन्द्रीय संसदको निर्वाचन गर्न सहमत भएका छन । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको बैठकमा तीनै दलका शीर्ष नेता मंसिरभित्रै प्रदेश र केन्द्रीय ससंसदको निर्वाचन एकै मितिमा गर्ने टुंगोमा पुगेका हुन ।
तीन दलको बैठकमा आवश्यक कानुनी र प्रावधिक जटिलता फुकाउनेबारेमा समेत छलफल भएको थियो । यो विषयमा निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गरी व्यवस्थापन गर्न प्रधानमन्त्री देउवालाई जिम्मेवारी दिइएको छ ।
तीन दलको बैठक अघि प्रधानमन्त्री देउवाले निर्वाचन आयोगका पदाधिकारीहरुसँग छलफल गर्नुभएको थियो । निर्वाचन आयोगका पदाधिकारीहरुले एकैमितिमा निर्वाचन गराउन प्राविधिक र कानुनी जटिलता देखाएका थिए । उनीहरुले मंसिरभित्रै दुवै चरणको निर्वाचनका लागि भदौ १ गते भित्रै मिति तोक्न प्रधानमन्त्री देउवालाई आग्रह गरेका थिए ।


