Breaking News.... EverestOnlineKhabar
May 11, 2026

संसद बैठक आज सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल हुने

Loading

काठमाडौ,३२ साउन ।
आज बस्ने संसद बैठकमा सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल हुने भएको छ । बिहान ११ बजे बस्ने बैठकमा संसदमा मंगलबार पेश भएको सार्वजनिक महत्वको प्रस्तावमाथि बुधबार पनि छलफल हुन लागेको हो । संसदमा उठेका प्रश्नको प्रधनमन्त्री शेरबहादुर देउवाले जवाफ दिने कार्यक्रम छ ।
एमाले उपाध्यक्ष भीम रावलले प्रस्ताव गरेको सार्वजनिक महत्वको प्रस्तावमा ऋषिकेश पोखरेल, कृष्णभक्त पोखरेल र शत्रुघन महतो समर्थक छन् । बाढी पहिरोको दीर्घकालिन समाधान खोज्न जरुरी रहेको भन्दै सार्वजनिक महत्वको प्रस्ताव पेश भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.