Breaking News.... EverestOnlineKhabar
May 11, 2026

आमा–छोरीको नालामा डुबेर मृत्यु, अर्की एक छोरी बेपत्ता

Loading

बाँके,३२ साउन ।
बाँकेको नरैनापुर गाउँपालिका–६ गंगापुर कुदरबेटवामा नालामा डुबेर आमाछोरीको ज्यान गएको छ । स्थानीय सिंगैया नालामा पानीको सतह कम भएपछि मंगलबार राति जमुनीबाट कुदरबेटवा घर फर्किने क्रममा छोटेलाल यादवकी श्रीमती ३० वर्षकी सेमदोली यादव र ८ वर्षकी छोरी अञ्जली र ३ वर्षकी छोरी सुनिता यादव नालामा डुबेर बेपत्ता भएका थिए ।
बेपत्ता मध्ये आमा र छोरी अञ्जलीको बुधबार बिहान शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । बेपत्ता सुनिताको खोजी भइरहेको प्रहरीले जनाएको छ । छोटेलाल यादवलाई पनि नालाको पानीले बगाएको थियो तर उनले ज्यान जोगाउन सके पनि परिवारका सदस्यलाई भने बचाउन सकेनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.