Breaking News.... EverestOnlineKhabar
May 11, 2026

१२ वर्षीया बालिकाको बलात्कारपछि निर्मम हत्या….

Loading

धनुषा,३२ साउन ।
जनकपुरमा एक १२ वर्षीया बालिकालाई बलात्कारपछि निर्मम हत्या गरिएको छ। जनकपुर उपमहानगरपालिका १ मुसहरी टोलका कृष्णदेव साहकी १२ वर्षीया छोरी विविका साहको बलात्कार पछि हत्या गरिएको हो। साहको घरमै डेरा गरी बस्दै आएका महोत्तरी जिल्लाको बहेडा बेला ४ निवासी ३५ वर्षीय रामचन्द्र महतोले विविकाको बलात्कारपछि हत्या गरेका हुन्।
मंगलबार घरमा आमा बुवा नभएको बेला विविका र उनकी १० वर्षीया कान्छी बहिनी पुष्पा घरमा बसेका थिए। सोही घरमा अर्को कोठा भाडा लिएर बस्दै आएका महतोले दिउँसो मृतककी कान्छी बहिनी पुष्पालाई घरबाट अली पर रहेको पसलबाट पानपराग र चकलेट किनेर ल्याउन पठाए ।
पुष्पा घरबाट निस्केर पसल गएपछि विविका एक्लै थिइन्। सोही बेलामा महतोले उनलाई बलात्कार गरी हत्या गरेको धनुषाका प्रहरी उपरीक्षक लालमणि आचार्यले जानकारी दिए। पुष्पाले प्रहरीलाई बताए अनुसार आफू पसलबाट फर्केर आउने बेलामा दिदी जोडजोडले कराएको सुनेकी थिइन्। उनलाई दिदीलाई बिजुलीमा करेन्ट लाग्यो कि भन्ने आशंका लागेको बताइन्। उनी आत्तिदै आफ्नो छिमेकीलाई सहयोगको लागि गुहार गर्दै कराइन्। एकछिनमै छिमेकीहरु जम्मा भएर घरभित्र पस्दा महतोले विविकाको घाँटी थिचेर हत्या गरी काठको खाली बाकसमा शव राखिसकेका थिए।

महतोलाई स्थानीयहरुले कुटपिट गर्दै समाते र विविकालाई उपचारको लागि जनकपुर अंचल अस्पताल पुर्याए तर, अस्पताल पुग्दासम्म उनको उपचारमा ढिलो भइसकेको थियो। महतोलाई स्थानीयहरुले कुटपिट गरेको हुंदा उनलाई प्रहरीले नियन्त्रणमा लिएर हाल उपचारको लागि जनकपुर अंचल अस्पतालमा भर्ना गराएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.