![]()
काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली संकलनका तीन दिन थपेको छ । स्थानीय तहको निर्वाचनका समयमा मतदाता नामावलीमा नाम छुटेका व्यक्तिका लागि तय गरिएको समय अपुग भएपछि तीन दिन थपिएको हो ।
यसअघि निर्वाचन आयोगले साउन ३२ गते बुधबारसम्म छुटेका मतदाताले नामावली दर्ता गराउन सक्ने व्यवस्था गरेको थियो । छुटेका मतदाताको संख्या बढी भएपछि आयोगले म्याद थप गरेको हो ।
आयोगले ६६९ स्थानबाटै मतदाता नामावलीमा नाम दर्ता गराउन सकिनेछ । सबै स्थानीय तह, जिल्ला निर्वाचन कार्यालयबाटै मतदाता नामावली दर्ता गराउन सकिने आयोगले स्पष्ट पारेको छ ।


