Breaking News.... EverestOnlineKhabar
September 30, 2026

आफना सांसदहरुको एक महिनाको तलब बाढीपीडितलाइ दिने एमालेको निर्णय

Loading

काठमाडौं । नेकपा एमालेले पनि बाढीपहिरो पीडितहरुका लागि आफना सांसदहरुको एक महिनाको तलब दिने निर्णय गरेको छ । एमालेसंसदीय दलको बैठकले बाढीपहिरो पीडित परिवारलाई दलका तर्फबाट आफ्ना सांसदको एक महिनाको तलब प्रदान गर्ने निर्णय गरेको छ ।

संसदीय दलका नेता एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा नयाँ बानेश्वरस्थित व्यवस्थापिका–संसद् भवनमा बसेको दलको बैठकले बाढीपहिरोबाट ज्यान गुमाएहरुका परिवारलाई प्रतिमृतक रु पाँच लाख प्रदान गर्न सरकारसित माग समेत गरेको छ ।

बाढीपहिरो पीडितको उद्दार, खोज, पुनःस्थापना, राहतलगायत कार्यक्रम तुरुन्त ल्याउन पनि बैठकले माग गरेको छ । बैठकले भारतले दशगजा क्षेत्रमा बनाएको बाँधका कारण नेपाली भूभाग डुबानमा परेको जनाउँदै सत्यतथ्य बाहिर ल्याउन पनि सरकारसंग माग गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed