Breaking News.... EverestOnlineKhabar
May 11, 2026

प्रचण्डले भने : नेपालमा लगानी गर्नुहोस, याङले भने : लगानी गर्न आतुर छौं

Loading

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल भ्रमणमा रहेका चिनियाँ उपप्रधानमन्त्री वाङ याङसंग कुनैपनि छिमेकीकाबिरुद्ध नेपाली भूमी प्रयोग हुन नदिने प्रतिबद्धता जनाउनु भएको छ ।

काठमाडौंमा मंगलवार भएको भेटमा अध्यक्ष प्रचण्डले नेपाल एक चीन नीतिमा अडिग रहेको बिश्वास दिलाउनुभयो । उहाँले नेपालको पूर्वाधार विकास, जलविद्युत, पर्यटन लगायतका क्षेत्रमा लगानी गर्न पनि याङसमक्ष आग्रह गर्नुभयो । चीन र नेपालबीच वान बेल्ट वान रोड (ओबिओआर) मा भएको हस्ताक्षर महत्वपूर्ण रहेको बताउँदै अध्यक्ष प्रचण्डले माओवादी केन्द्र चीन र भारत दुवै छिमेकीसँग सन्तुलित र समदुरीको सम्बन्ध राख्न चाहेको बताउनुभयो ।

जवाफमा चिनियाँ उपप्रधानमन्त्री वाङ याङले चिनियाँ राष्ट्रपतिको सन्देश बोकेर आफू नेपाल आएको बताउनुभयो । नेपालको पूर्वाधार विकास, जलविद्युत, पर्यटन लगायतका क्षेत्रमा चीन लगानी गर्न ईच्छुक रहेको उहाँले बताउनुभयो । ओबिओआर लगायत पछिल्लो समय नेपाल र चीनबीच भएका सम्झौताहरुले नेपाल–चीन सम्बन्धलाई थप उचाई दिएको बताउँदै याङले नेपालको चासोप्रति चीन सधैं सकारात्मक रहेको जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.