![]()
काठमाडौं । नेपाल औषधि व्यवसायी संघले तराईका बाढी पीडितलाई ३० लाख रुपैयाँको औषधि वितरण गरेको छ । संघको अञ्चल र जिल्ला शाखाबाट ३० लाख रुपैयाँ बराबरको औषधि वितरण गरिएको हो ।
संघले बिज्ञप्ती जारी गरी प्रभावित क्षेत्रमा औषधिको कुनै पनि अभाव सिर्जना हुन नदिन अनुगमन भैरहेको समेत जनाएको छ । बाढी पहिरोबाट भएको क्षतिलगत्तै औषधि व्यवसायी संघले अञ्चल शाखा र जिल्ला शाखा परिचालन गरेर पीडितको स्वास्थ्य उपचारमा खटिएको समेत जनाएको छ ।
मेची, कोसी, सगरमाथा, जनकपुर, नारायणीसहितका अञ्चल शाखाले बाढी पीडितका लागि औषधि र चिकित्सकसहितको टोली परिचालन गरिसकेको संघले जनाएको छ ।


