![]()
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम पूर्व महामन्त्री प्रकाशमान सिंहले नेतृत्वले राष्ट्रिय मुद्दाहरुलाइ सम्बोधन गर्न नसकेको आरोप लगाउनु भएको छ ।
काठमाडौंको पुतलीसडकमा मंगलवार आयोजित कार्यक्रममा बोल्दै नेता सिंहले पार्टी नेतृत्वले जसरी राष्ट्रिय मुद्दाहरूलाई उठाउनु पर्ने हो त्यसरी अगाडि बढाउन नसकेको आरोप लगाउनुभयो । कांग्रेस अघि बढन नसक्दा जनतामा निराशा छाएको उहाँले बताउनुभयो ।
नेता सिंहले कांग्रेसले मुलुकको जल्दोबल्दो र राष्ट्रिय मुद्दाहरूलाई उठाउनु आन्तरिक छलफल तीव्र पार्नुपर्ने बताउनुभयो ।
सिंहले भन्नुभयो ‘कांग्रेसले मुलुकको सबै समस्या साधान गरोस् भन्ने इच्छा सबैमा पलाएको पाइन्छ, कांग्रेस नेतृत्वले राष्ट्रिय मुद्दालाई नेतृत्व गर्न नसकेको हो कि भान जनतामा परेको छ ।’
नेता सिंहले पार्टी भित्रको गुटको असर नेपाल विद्यार्थी संघभित्र पनि परेको भन्दै असन्तुष्टि जनाउनु भयो । नेविसंघले सही ढंगले काम गर्न नसकेको उहाँले बताउनुभयो ।


