Breaking News.... EverestOnlineKhabar
May 12, 2026

सियरालियोनमा पहिरोमा परी ३ सयको मृत्यु, ५० जना बढी बेपत्ता

Loading

एजेन्सी,३१ साउन ।
अफ्रिकी मुलुक सिएरा लियोनमा पहिरो जाँदा ३ सय जनाको मृत्यु भएको छ । सिएरालियोनको राजधानी फ्रिटाउन नजिकै गएको पहिरोमा त्यहाँका ५० प्रतिशत घर पुरिएका छन् । पहिरोमा ५० जना भन्दा बढी बेपत्ता भएका छन् ।
उनीहरुको खोजी भइरहेको अधिकारीहरुले जनाएका छन् । अधिकांश घर पहिरोले पुरै पुरिएकाले उद्धारमा कठिनाई भएको छ । भारी बर्षापछि पहिरो गएको बताइएको छ । यसैबीच सिएरा लियोनका राष्ट्रपति अर्नेस्ट बाई कोरमाले पहिरोले ठूलो जनधनको क्षति भएपछि मुलुकमा राष्ट्रिय संकटकालको घोषणा गरेका छन् ।
टेलिभिजनमार्फत सन्देश दिँदै राष्ट्रपति अर्नेस्टले विस्थापित भएकाहरुलाई उचित राहतको व्यवस्था गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.