Breaking News.... EverestOnlineKhabar
May 11, 2026

अमेरिकाको गुआममा आक्रमण गर्ने उत्तर कोरियाको योजना ?

Loading

एजेन्सी,३१ साउन ।
उत्तर कोरियाका नेता किम जोङ–उनले प्रशान्त महासागरमा रहेको अमेरिकी क्षेत्र गुआममा मिसाइल आक्रमण गर्ने योजना बारे अरु नेता तथा उच्च सैन्य अधिकारीलाई जानकारी गराएका छन् । नेता किमले देशका नेता तथा सैन्य अधिकारीलाई गुआममा मिसाइल आक्रमणको तयारी बारे विस्तृत जानकारी गराउनु भएको उत्तर कोरियाको सरकारी समाचार संस्था केसिएनएले जनाएको छ । गुआममा मिसाइल आक्रमणका लागि उत्तर कोरिया तयारी अवस्थामा रहेको तर नेता किम त्यहाँ आक्रमण गर्नुअघि अमेरिकाको गतिविधिको निरीक्षणमा रहेको दाबी गरिएको छ ।
अमेरिकाले केही कदम चाल्ने बित्तिकै नेता किमले मिसाइल आक्रमणका लागि आदेश दिने दाबी गरिएको छ । गएको हप्ता उत्तर कोरियाले गुआममा चारवटा मिसाइल आक्रमण गर्ने तयारी गरेको बताएको थियो । गुआममा अमेरिकी बमवर्षक विमान तथा हतियारको भण्डार छ । अमेरिकाले पनि उत्तर कोरियाले आफ्नो गतिविधि नियन्त्रणमा नराखे सैन्य कारवाहीका लागि तयारी अवस्थामा रहेको र त्यो अवस्था आए उसले गम्भीर मूल्य चुनाउनु पर्ने चेतावनी दिँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.