![]()
काठमाडौं । नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीले प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमणमा रेल्वे, हाइड्रो, रोडलगायतका ठूला प्रोजेक्टमा सहमति हुने दावी गर्नुभएको छ ।
काठमाडौंमा सोमबार आयोजित अन्तक्रियामा बोल्दै राजदूत पूरीले दुई देशलाइ रेल्वे, हाइड्रो र बाटोघाटोले जोड्नुपर्ने बताउँदै यो दुवै मुलुकको हीतमा रहेको बताउनुभयो । नेपाल–भारतबीच हुने सम्झौता र सहमतिहरू दुबै देशलाई फाइदा पुग्ने गरी गर्नुपर्ने उहाँले बताउनुभयो । पुरीले भन्नुभयो, ‘जे पनि सम्झौता हुन्छ ती सबै ‘विनविन’को अवस्थामा हुनुपर्छ ।’
नेपाल–भारतबीचको बाँध र बाढी तथा सीमा विवादका विषयमा भने राजदूत पुरी खुल्नु भएन । यी विषयहरू दुबै देशका बीच समझदारीका साथ समाधान गर्नुपर्ने उहाँले बताउनुभयो ।
राजदूत पूरीले पछिल्लो छ महिनाभित्र नेपाल–भारतबीच चारवटा भीभीआईपी भ्रमण भएको जानकारी दिंदै नेपाल भारत सम्बन्ध सुमधुर र अटुट रहने बताउनुभयो ।


