![]()
काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत हङकङबिरुद्ध हुने खेलका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रारम्भिक टोली घोषणा गरिएको छ । मूख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काले २५ सदस्यीय प्राम्भिक टोलीको घोषणा गरेका हुन ।
प्रारम्भिक टोलीमा छनौट हुनेमा कप्तान पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, शक्ति गौचन, बसन्त रेग्मी, सोमपाल कामी, करण केसी, बिनोद भण्डारी, नरेश बुढायर, मेहेवुव आलम, सागर पुन, आरिफ शेख, अभिनाश कर्ण, सुनील धमला, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, सौरभ खनाल, सुशील कँडेल, ललितसिंह भण्डारी, बिक्रम सोव, जितेन्द्र मुखिया, कुशल भुर्तेल, दिलिप नाथ, हसिम अन्सारी र सुशान भारी छन् ।
सुवास खकुरेल भने चोटका कारण टिममा परेका छैनन । नयाँ खेलाडीहरु ललित सिंह भण्डारी, कुशल भुर्तेल, हसिम अन्सारीले पहिलो पटक टिममा स्थान बनाएका छन् ।
नेपालले आगामी अक्टोबर १३ र १५ मा हङकङबिरुद्ध आइसीसी विश्व क्रिकेट लिग च्यामिपयनसिपको छैटौं चरणको प्रतिस्पर्धा गर्नेछ ।


