Breaking News.... EverestOnlineKhabar
May 11, 2026

पीडाको पराकाष्ठ : मृतक बालकलाइ गाड्ने ठाउँ नपाएपछि नदीमा बगाइयो

Loading

सप्तरी । पीडामाथि पीडा । बाढी, पहिरो र डुबानले देश नै संकटमा परेको छ । ७० भन्दा बढीले ज्यान गुमाएका छन, ५० भन्दा बढी बेपत्ता छन, त्यत्तिकै घाइते छन । अझै पनि तराईका अधिकांश जिल्ला जलमग्न छन । हजारौं घरवार विहीन भएका छन, सयौं घर भत्किएका छन । तर, जमिन यसरी जलमग्न भएको छ कि सामान्य एउटा मृत्यु संस्कार पूरा गर्न पनि जमिन छैन । सप्तरीमा यस्तै घटना भएको छ, जुन तस्बिर मात्र हेर्दा पनि शायद सबैका आँखा रसाउँछन ।

सप्तरीको कोइलाडी– ६ का ८ वर्षीय कमल सदाको मृत्यु भएपछि उनलाइ कोशीमा बगाइएको छ । उनका काका देवकुमार सदाले जमिनमा गाडने ठाउँ नपाएपछि कोशीमा छोडेका हुन । निरन्तरको वर्षाले बिरामी भएका सदाको आइतबार मृत्यु भएको थियो ।

यूरोपियन फोटो एजेन्सी (ईपीए)का लागि फोटो पत्रकार नरेन्द्र श्रेष्ठले यो तस्बिर खिचेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.