![]()
बिबिसि । अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोरा जातिको सर्वोच्चता चाहाने राष्ट्रवादी समूहलाई दिएको समर्थन फिर्ता लिन दवाव परेको छ । अमेरिकाको भर्जिनियाँमा हिंसा भड्किएपछि उनीमाथि यो दवाव परेको हो ।
सार्लोट्सभील नगरमा गोरा प्रदर्शनकारीमाथि विपक्षीले आक्रमण गर्दा एक महिलाको ज्यान गएको थियो भने कैयौं घाइते भएका थिए।
पछिल्लो घटनामा, गोरा सर्वोच्चताको पक्षधर समूहका एक नेताले पत्रकार सम्मेलनमा होहल्ला र विरोधको सामना गरेका छन् ।
सार्लोट्सभील नगरमा ‘ह्वाइट् सुप्रिमेसिस्ट’ भनिने गोराको सर्वोच्चता खोज्ने समूहको प्रदर्शनमा हिंसा भएपछि त्यहाँका मेयरले सो घटनाको जिम्मेवारी राष्ट्रपति ट्रम्पले लिनु पर्ने बताएका छन् । अती दक्षिणपन्थी समूहका क्रियाकलापको ट्रम्पले भत्र्सना नगर्दा यो परिस्थिती उत्पन्न भएको उनको आरोप छ । ट्रम्प त्यस्तै समूहको मतको पछि लागिरहेको समेत उनले बताए ।
ह्वाइट् हाउसले भने ट्रम्पको प्रतिक्रियाको आलोचनालाई अस्वीकार गरेको छ । राष्ट्रपति ट्रम्पले अतिवादीको आलोचना गरेको ह्वाइट हाउसको दावी छ ।


