![]()
चितवन । पछिल्लो २४ घण्टामा देशभर बाढी र पहिरोमा परी ३० भन्दा बढीले ज्यान गुमाएकाबेला मुलुककै लाइफ लाइन मानिने पृथ्वी राजमार्ग अन्तर्गत नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध भएको छ ।
मुग्लिनको मुख्य प्रवेशद्वार र भालुढुंगामा पहिरो खसेपछि शनिबार दिउँसो २ बजेबाट सडक अवरुद्ध बनेको हो । पानी परी रहेकाले पहिरो पन्छाउन समस्या भएको छ ।
सडक अवरुद्ध भएसंगै ठाउँ ठाउँमा सवारी साधन रोकिएका छन् । पहिरो सम्याउने प्रयास भैरहेको छ । सो सडकखण्डमा बर्षा र पहिरो नरोकिएपछि जोखिम झन बढेको छ ।


