Breaking News.... EverestOnlineKhabar
May 11, 2026

बाढी पहिरोबाट थप क्षति हुन नदिन प्रधानमन्त्री परामर्शमा, बालुवाटारमा सुरक्षा निकायका प्रमुखसंग आकस्मिक बैठक

Loading

काठमाडौं । पछिल्लो २४ घण्टामा बाढी पहिरोबाट ३० भन्दा बढीको मृत्यु र करोडौंको क्षति भएपछि प्रधानमन्त्री शेरबहादुर देउवा चिन्तित हुनु भएको छ । उहाँले थप क्षति हुन नदिन गम्भीर गृहकार्यमा जुटनु भएको छ । यसका लागि प्रमुख निकायका प्रमुखहरुलाइ उहाँले छलफलका लागि बालुवाटार बोलाउनु भएको छ ।

बालुवाटारमा अहिले रक्षा मन्त्री र गृहमन्त्रीसहितको बैठक बसिरहेको छ । गृहमन्त्रालयका अनुसार केही दिनदेखि मुलुकका विभिन्न भागमा परेको अविरल वर्षाका कारण आएको बाढी पहिरोमा कम्तिमा ३० जनाको मृत्यु भएको छ भने कतिपय मानिस बेपत्ता छन् । उद्दार र राहतको काम पनि खराब मौसमका कारण प्रभावकारी हुन सकेको छैन । सरकारले बाढी पहिरो र डुबानबाट मुलुकका विभिन्न स्थान प्रभावित भएकाले स्थानीय प्रशासनको नेतृत्वमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरेको जनाएको छ ।

खासगरी झापा, मोरङ, सुनसरी, सप्तरी, रौतहट, दाङ, बाँके जिल्लाका विभिन्न स्थान बाढी र डुबानबाट बढी प्रभावित भएका छन । गृह मन्त्रालयले यस कठिन घडीमा खोज, उद्धार र राहत कार्यमा सहयोग र्पुयाउन र समस्यामा परेका परिवारलाई दैनिक जीवनमा आवश्यक पर्ने खाद्यान्नलगायतका सामग्री उपलब्ध गराउन सबैलाइ आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.