![]()
एजेन्सी । बलिउड फिल्म इ्रन्डस्ट्रिजमा सलमानको अनुहार भए पुग्छ, फिल्म हिट हुन्छ भन्ने भ्रम हटेको छ । यो कुरामा स्वयं सलमान पनि सहमत भएका छन ।
बलिउडमा सलमान, आमिर खान र साहरुख खानको फिल्म उनीहरुको नाम र अनुहारकै कारण हिट हुन्छ भन्ने मान्यता थियो । यो हुँदै पनि आइरहेको थियो । तर, पछिल्लो समय सलमान खान अभिनित ट्युबलाइट फ्लप भएपछि भने सबै सतर्क भएका छन ।
अभिनेता खानले आफ्नो फिल्म ‘ट्युबलाइट’ नचलेपछि वितरकलाई ५२ करोड क्षतिपूर्ति दिएका छन । आफनो फिल्म नचले बितरकलाइ क्षतिपूर्ती दिने कबुल बमोजिम सलमालनले सो रकम बुझाएका हुन । ‘ट्युबलाइट’ नचलेपछि सलमान पनि निराश थिए । फिल्म वितरक घाटामा गएका थिए ।
फिल्म घाटामा जाँदैमा सबैले वितरकलाई क्षतिपूर्ति दिँदैनन् । यो बाध्यकारी नियम पनि होइन, तर सलमानले आफनो बचन र बुवाको सल्लाह बमोजिम भरपाइ गरेका हुन ।


