![]()
काठमाडौं । अनशनरत डा. गोविन्द केसीको माग समेत सम्बोधन हुने गरी चिकित्सा शिक्षा बिधेयकमा सहमति जुटेको बताइएपनि डा. केसीले अनसन तोडनु भएको छैन । आज २०औं दिनपनि उहाँको अनसन जारी छ ।
डा. केसीका समर्थकहरुले पनि सरकारको नियतमाथि शंका गर्दै दवावस्वरुप आजपनि सडकमा प्रदर्शन गरेका छन । उनीहरुले माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म ¥याली र प्रदर्शन गरेका छन ।
सोलिडारिटी फर डा. केसी अलायन्सको संयोजनमा हरेक शनिवार प्रदर्शन हुने गरेको छ । प्रदर्शनपछि बानेश्वरमा आयोजित कोणसभामा नागरिक अगुवाहरुले कुनैपनि धोकाधडी नगरी डा. केसीसंग बिगतमा भएका सहमति अक्षरशः पालना गर्न माग गरेका छन ।


