Breaking News.... EverestOnlineKhabar
May 11, 2026

कुनै हालतमा संविधान संशोधन प्रस्ताव पारित हुन्न : खनाल

Loading

इलाम । नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले संविधान संशोधन प्रस्ताव कुनै पनि हालतमा संसद्बाट पारित हुन नदिने बताउनु भएको छ ।

इलामको सूर्याेदय नगरपालिकास्थित फिक्कलमा आज आयोजित कार्यक्रममा बोल्दै नेता खनालले संविधान कार्यन्वयनका बेला संशोधनको प्रस्ताव ल्याएर सत्तारुढ दलहरुले बेमौसमको बाजा बजाएको आरोप लगाउनुभयो ।

नेता खनालले माघ ७ गतेभित्र प्रदेश र संघको निर्वाचन सम्पन्न गरेर संविधान कार्यान्वयनलाई सार्थकता बनाउन सके मुलुक आर्थिक समृद्धितर्फ उन्मुख हुने बताउनुभयो । त्यसका लागि राजपालाई चुनावमा भाग लिन उहाँले आग्रह गर्नुभयो ।

नेता खनालले सूर्याेदय नगरपालिकाको कन्याम, पशुपतिनगर, श्रीअन्तु, समालबुङ लगायतका स्थान पर्यटकीय सम्भावनायुक्त भएकाले यी क्षेत्रको विकास र समृद्धिका लागि नयाँ–नयाँ योजना ल्याएर पर्यटन क्षेत्रको विकास गर्न निर्वाचित जनप्रतिनिधिहरुलाई आग्रह गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.