Breaking News.... EverestOnlineKhabar
May 11, 2026

परराष्ट्रको आग्रह कुल्चेर पूर्वप्रधानमन्त्री माधव नेपालसहितका सांसद उत्तर कोरिया जाँदै

Loading

काठमाडौ,२७ साउन ।
एमाले नेता एवं पूर्वप्रधामन्त्री माधवकुमार नेपाल परराष्ट्र मन्त्रालयको आग्रहको बेवास्ता गर्दै शुक्रबार उत्तर कोरियाको राजधानी प्योङयाङ प्रस्थान गर्दैछन् । एक कार्यक्रमको प्रमुख अतिथिका लागि नेता नेपालसहित सांसदहरू हरिबोल गजुरेल, छाया शर्मा, एकनाथ ढकालसहित प्योङयाङ जान लागेका हुन् । सांसदहरू भने बिहीबार नै त्यसतर्फ लागिसकेका छन् ।
उत्तर कोरियाले अमेरिका, दक्षिण कोरिया र जापानमाथि धावा बोलिरहेका बेला संयुक्त राष्ट्रसंघको एक सदस्य मुलुक नेपालका पूर्वप्रधानमन्त्रीको उत्तर कोरिया भ्रमण विवादास्पद बनेको छ । नेपालमा रहेका विभिन्न मुलुकका कूटनीतिज्ञले परराष्ट्र मन्त्रालयमार्फत भ्रमण समयानुकूल नभएको भन्दै नेता नेपाललाई उत्तर कोरिया भ्रमण रद्द गर्न आग्रह गरेका थिए ।
जवाफमा नेपालले नेपाल र उत्तर कोरियाबीच कूटनीतिक सम्बन्ध रहेको उल्लेख गर्दै पूर्वनिर्धारित कार्यक्रम भएकाले भ्रमण रद्द गर्ने मनस्थितिमा आफू नरहेको बताएका थिए । उनी‘इन्टरनेसनल फेस्टिभल इन प्रेज अफ ग्रेटपर्सन्स अफ माउन्ट पिकेटु’ नामक कार्यक्रममा सहभागी हुन उत्तर कोरिया जान लागेका हुन् । उक्त कार्यक्रममा विभिन्न मुलुकका प्रभावशाली नेताहरूको उपस्थिति रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.