![]()
काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयोग (बिम्स्टेक)को १५औं मन्त्रीस्तरीय बैठकमा सहभागी हुन काठमाडौं आइपुगेकी भारतीय बिदेश मन्त्री शुष्मा स्वराज आउने बित्तिकै भेटघाटमा व्यस्त भएकी छन ।
बिदेशमन्त्री स्वराजको बिमेस्टेकमा सहभागी हुनुपूर्व राष्ट्रपति बिद्या भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासंग भेटवार्ताको कार्यक्रम छ । प्रधानमन्त्रीलाई बालुवाटार भेटिसकेपछि बिदेशमन्त्री स्वराज राष्ट्रपति भवन शीतल निवास जानु हुनेछ ।
राजनीतिक भेटपछि स्वराज सोल्टी होटलमा आयोजित सम्मेलनमा सहभागी हुनुहुनेछ ।


