Breaking News.... EverestOnlineKhabar
May 10, 2026

कोन्टिन्हो भित्र्याउने बार्सिलोनाको प्रयास असफल

Loading

एजेन्सी,२६ साउन ।
नेइमारको ठाउँमा अर्का ब्राजिलियन खेलाडी फिलिप कोन्टिन्होलाई अनुबन्ध गर्ने बार्सिलोनाको प्रयास असफल भएको छ । ब्राजिलियन फरवार्ड नेइमार विश्व कीर्तिमानी मूल्यमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) गएपछि बार्सिलोनाले लिभरपुलका कोन्टिन्होलाई अनुबन्ध गर्ने प्रयास गरेको थियो ।
तर लिभरपुलले कोन्टिन्होका लागि आएको १० करोड युरोको प्रस्ताव अस्वीकार गरेको छ । कोन्टिन्होका लागि बार्सिलोनाले गरेको यो दोस्रो प्रस्ताव हो । यसअघि बार्सिलोनाले सन् २०१३ मा पनि उनलाई क्लब भित्र्याउने प्रयास गरेको थियो । तर त्यसबेला उनी इटालियन क्लब इन्टर मिलानबाट लिभरपुल गएका थिए । कोन्टिन्होले गएको सिजन लिभरपुलका लागि १४ गोल गरेका थिए ।
गएको जनवरीमा लिभरपुलसँग पाँच वर्षको नयाँ सम्झौता गरेका कोन्टिन्हो चोटका कारण ६ हप्ताका लागि मैदान बाहिर छन् । लिभरपुलका प्रशिक्षक जर्गेन क्लोप्पले कोन्टिन्हो बिक्रीमा नरहेको भन्दै अब यो विषयको कुराकानी बन्द हुनु पर्नेब बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.